logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आर्थिक संकटका बेला अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैनः सांसद डा.वाग्ले

    आर्थिक संकटका बेला अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैनः सांसद डा.वाग्ले

    1.9K
    Shares
    आर्थिक संकटका बेला अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैनः सांसद डा.वाग्ले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताएका छन् ।

    सोमवार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै डा. वाग्लेले यस्तो बताएका हुन् ।

    उनले अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा समस्याग्रस्त अर्थतन्त्र भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको बताए । उनले अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको स्मरण गर्दै अर्थतन्त्र त्यतिबेला लयमा भएकाले स्थिरता कुरा गर्न सुहाएपनि वर्तमान अवस्थामा असान्दर्भिक भएको टिप्पणी गरे । उनले सरकारले आईतवार रातिसम्म ७३३ अर्बको राजश्व संकलन र खर्च १ हजार १६ अर्ब गरेको भन्दै राजश्व संकलन र खर्चको बीचको त्यति ठूलो खाडल पूरा गर्न सजिलो नभएको बताए ।

    उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ परेको उल्लेख गरे । उनले कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको भन्र्दै अर्थतन्त्रको गतिसँग सम्मान नदेखिरहेको बताए । उनले वस्तु सेवाबीचको आयात र निर्यात,उत्पादन र उपभोगको खाडल भर्नको लागि बजेटमार्फत फरक ढङ्गले तत्काल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर पुनःमूल्याङ्कन गर्न सरकारसँग आग्रह गरे ।

    उनले भने,‘आर्थिक वृद्धि र स्थायत्व जाहेज हुन तर सरकारले यस्तो समयमा आर्थिक स्थायीत्व र स्थिरताका कुरा गरिरहेका छौं । जतिबेला अर्थतन्त्रले लय गुमाएको छ । ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण भएको देशमा २ प्रतिशत भन्दा कममा रुमलि रहेका छौं । मलाई याद छ अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा लिएर आएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको थियो । अर्थतन्त्र त्यतिबेला लयमा थियो । लयमा भएको अर्थतन्त्र हुँदा स्थिरता कुरा गर्न सुहाउँछ । संकटमा परेको अर्थतन्त्र भड्खालोमा जाकिएको अर्थतन्त्र कुरा गर्दा स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन । आजका ४ वटा वित्तीय खाडलहरु छन् । सरकारले हिजो रातिसम्म ७३३ अर्बको राजश्व संकलन गरेको छ । सरकारले खर्च गरेको १०१६ अर्ब त्यति ठूलो खाडल कसरी पूरा गर्ने , कर्जा लगानी र आर्थिक वृद्धिविचको ठूलो भ्वाङ छ । कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ । अर्थतन्त्रको गतिसँग सम्मान देखिरहेका छैनौं । कहाँ चुहिरहेको छ । त्यति ठूलो दुलर्भ पुँजी,वस्तु सेवाबीचको आयात र निर्यातको खाडल जगजाहेर नै छ । उत्पादन र उपभोगको खाडल पनि जगजाहेर नै छ । यस्ता विषयमा सरकारले कलिक फरक ढङ्गले सेन्सर अरजेन्टी र प्राथमिकतामा पुनःमूल्याङ्कन गर्न मेरो आग्रह छ ।’

    डा.वाग्लले सरकारले अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको बताए । उनले सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आएपनि विगत ३२ वर्षमा ठूलो परिवर्तन आएको बताए ।

    उनले अब सडक,विद्यालय भन्दा पनि विद्यालयमा सिकाई र अस्पतालामा गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताए । उनले नेपालका कुपोषणको महामारी रहेको भन्दै कुपोषणले सिङ्गो पुस्ताको एक तिहाईलाई प्रताडित गरिरहेको बताए । सांसद वाग्लले पहिलो पुस्ताको विकासको चुनौतिबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतिमा रहेको बताए ।

    उनले भने,‘सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आएका छन् । यसमा पनि ३० देखि ३२ वर्षमा ठूलो परिवर्तन आइसकेको छ । सरकार परिणात्मक विकासबाट गुणात्मक विकासमा गएका छौं । ५०को दशकमा हामीले विद्यालयको भवन माग गरौं,खानेपानी,सडक,अस्पतालको माग गरौं । तर अहिले विद्यालय छन् । थोरै भएपनि विद्यार्थी विद्यालय जान्छन् तर विद्यालयमा पढाई हुँदैन । सिकाई छैन । आजको चुनौति भनेको विद्यालय निर्माण गर्ने होइन । सिकाईको संकटलाई सम्बोधन गर्ने हो । स्वास्थ्यचौकी छ । दक्ष सेवा छैन । अहिले नेपालका कुपोषणको महामारी रहेको छ । सिङ्गो पुस्ताको एक तिहाई जनतालाई प्रताडित गरेको छ । त्यसकारण पहिलो पुस्ताको विकासको चुनौतिबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतिमा रहेका छौं । तर त्यो यहाँ पाइन ।’

    सांसद वाग्लले अर्थमन्त्री महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको बताए । उनले सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्नसक्ने हो धेरै स्थान रहेको बताए । उनले सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने बताए । उनले निजी क्षेत्रको मनोबलका कुरा गर्नु स्वागतयोग्य रहेको बताए ।

    उनले आफूले काँग्रेसको घोषणापत्र लेख्न सहयोग गरेको भन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गरे । उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गर्न अर्थमन्त्रीसँग माग गरे ।

    उनले भने, ‘फिजिकल स्पेश अलि टाइट छ । मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जान्छौं भन्नुभयो । त्यो गलत हो । सरकारको नीति तथा कार्यक्रमको लागि स्पेस खोज्नसक्ने हो भने व्यापक स्पेस रहेको छ । यसको लागि जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुहुन्छ । निजी क्षेत्रको मनोबलका कुरा गर्नुभएको छ । त्यो स्वागतयोग्य छ । नेपाली काँग्रेसको घोषणा पत्र पढ्नुभएको होला ? अर्थमन्त्रीज्युले । मैले पनि पढेको छु । मैले पनि धेरै बहुत मैले पनि लेखिदिएकै हो । त्यहाँ ओम्नीबस आर्थिक सुधारका कुराहरु गरिएका छन् । २४ देखि ४८ वटा ऐनहरुको खारेजी संशोधन इत्याधिबारे कुरा गरिएका छन् । आफ्नै घोषणा पत्र पढेर कार्यान्वयनलाई उतार्नुहोला । निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषय सरकारले न्याय गरिदिनु होला । हैरानी र झन्झटको चक्र दुष्चक्रबाट हामीले नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्नेछ ।’

    उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको यो दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend