logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    2K
    Shares
    निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई  तत्काल कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । विवादास्पद अडियो प्रकरणमा मुछिएपछि निलम्बित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।

    सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त पार्टीले गरेको कारबाही तत्काल लागू नगर्न आदेश दिएको हो।

    चैत २९ (रास्वपा) को केन्द्रीय समितिको बैठक सांसद श्रेष्ठको साधारण सदस्य खारेज गरेको थियो। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठको विषयमा कारबाही गरेको थियो । पार्टीले संसद सचिवालयमा जानकारी गराएपछि उनी निलम्बित भएका थिए ।

    समितिले साधरण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। सांसद श्रेष्ठले मन्त्री बनाउन साढे २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो।

    अडियो प्रकरण बाहिरिएपछि रास्वाले श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend