logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नवनिर्वाचित सभापति राईद्वारा पद तथा गोपनीयताको शपथ

    नवनिर्वाचित सभापति राईद्वारा पद तथा गोपनीयताको शपथ

    1.3K
    Shares
    नवनिर्वाचित सभापति राईद्वारा पद तथा गोपनीयताको शपथ

    काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

    सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले सो शपथ लिएका हुन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य हुन् । नवनिर्वाचित राईले आजै पदबहाली गरिन्।

    पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्र र जनताका पक्षमा सक्रियतापूर्वक कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन्। उनले भनिन्, ‘समितिमा प्रवेश पाएका विधेयकलाई समृृद्ध तुल्याएर यथाशक्य छिटो निकर्षमा पु¥याइनेछ, समितिका सबै सदस्यले एक मन र मतले सक्रियतापूर्वक खटेर प्राप्त जिम्मेवारीलाई पूरा गर्नेमा मेरो पूर्ण विश्वास छ ।’ समितिमा राष्ट्रिय मर्यादाक्रम निर्धारण, नेपाल विश्वविद्यालय, कोभिड–१९ सङ्कट व्यवस्थापनलगायत विधेयक छन् ।

    यसअघि उक्त समितिका सभापतिका रुपमा पर्शुराम मेघी गुरुङ र डा वेदुराम भुसालले काम गरेका थिए । डा भुसाल वर्तमान मन्त्रिपरिषद्मा सहभागी भएसँगै सभापति पद रिक्त थियो । उक्त समितिको समितिमा राईको चयनसँगै राष्ट्रियसभा मातहतका चारमध्ये दुई समितिमा महिलाको नेतृत्व हुन पुगेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा सभापति छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend