logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्दोषलाई फसाउन खोज्ने तर दोषीलाई उम्काउने कुरा सह्य हुन सक्दैन : अध्यक्ष ओली

    निर्दोषलाई फसाउन खोज्ने तर दोषीलाई उम्काउने कुरा सह्य हुन सक्दैन : अध्यक्ष ओली

    1.6K
    Shares
    निर्दोषलाई फसाउन खोज्ने तर दोषीलाई उम्काउने कुरा सह्य हुन सक्दैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचारीलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन खोजे आफूलाई सह्य नहुने बताएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा उनले आफूले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको संकेत पाएको बताए ।

    पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा ओलीले भने,‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन’ उनले भने ।

    ‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ’ ओलीले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’

    प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले आफूले दबाव दिइयो भनेर भान पार्न खोजिएको बताए ।
    उनले एमाले लक्षित गरेर घटना ल्याइदै गरेको भन्दै आपत्ती समेत जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend