logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आर्थिक नीति तथा नयाँ कार्यक्रम स्वदेशी लगानीकर्तालाई प्रथमिकतामा दिइनुपर्छ : राजेन्द्र लिङ्देन

    आर्थिक नीति तथा नयाँ कार्यक्रम स्वदेशी लगानीकर्तालाई प्रथमिकतामा दिइनुपर्छ : राजेन्द्र लिङ्देन

    1.9K
    Shares
    आर्थिक नीति तथा नयाँ कार्यक्रम  स्वदेशी लगानीकर्तालाई प्रथमिकतामा दिइनुपर्छ : राजेन्द्र लिङ्देन

    काठमाडौँ ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमार्फत् स्वदेशी लगानीकर्ता मैत्री नीति अवलम्बन गर्न सुझाव दिएका छन् ।

    पूर्व उर्जा मन्त्री समेत रहेका लिङदेनले दुधकोशी, तमोर र बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू नै स्वदेशी लगानीमा बनाउने प्रबन्ध अगामी आर्थिक निती मार्फत मिलाउन आग्रह गरेका हुन् ।

    लिङदेनले भने, ‘अहिले निजी क्षेत्र निराश छ । लगानीको वातावरण छैन । लगानी गर्ने पुँजीको अभाव छ । उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेका छन् । यो विषयमा सरकार गम्भीर हुनुपर्‍यो । लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्‍यो । उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु,’ उनले भने, ‘सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ । हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा छौं । कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन ।’

    ‘जो मन्त्री हुन्छ, उसले एउटा एउटा गौरवका आयोजना छान्दै जान्छ । तर बजेट छैन । कुनै पनि आयोजना बेलामा सम्पन्न भएको छैन,’ उनले भने, ‘बरू हरेक आयोजनामा लागत बढाएको छ । कमिसनको गोलचक्कर चलेको छ ।’

    ‘भ्रष्टाचारीमाथि सरकार निर्मम छ भन्ने विश्वास दिलाउनुपर्‍यो । भ्रष्टाचारीलाई कुनै पनि छुट हुँदैन भन्ने कुरा व्यवहारमा पुष्टि हुनुपर्छ, तबमात्रै कोही पनि भ्रष्टाचार गर्न डराउँछ,’ उनले भने ।

    उनले सरकारले भ्रष्टाचारीलाई साँच्चिकै कारबाही गर्न चाहेको हो भनेर पुष्टि गर्नुपर्ने बताए ।

    उनले यदि साँच्चिकै सुशासन र पारदर्शी खर्च प्रणाली चाहेको भए सार्वजनिक खरिद ऐन संशोधन गरेर अघि बढ्न आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend