पौष १३ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बावालुटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको स्रोतले बतायो।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ ।