logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विधान अधिवेशनको तयारीबारे छलफल गर्न जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    विधान अधिवेशनको तयारीबारे छलफल गर्न जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    1.5K
    Shares
    विधान अधिवेशनको तयारीबारे छलफल गर्न जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले विधान अधिवेशनको तयारीका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा समसामयिक विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

    जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। काठमाडौंमै हुने विधान अधिवेशनको तयारी नै आजको बैठकको कार्यसूचीमा रहेको जसपा स्रोतले जनाएको छ ।

    बैठकमा जसपाको भागमा परेको मन्त्रालयमा मन्त्री पठाउनेबारे पनि छलफल हुने बताइएको छ ।

    जसपाको तर्फबाट सरकारमा अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन्।

    मौजुदा मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै हेर्दै आएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend