काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री खाणसहित नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान खाँण मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ परेका प्रहरी स्रोतले जानकारी दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।