काठमाडौँ । बुधवारको प्रतिनिधि सभा बैठकको सुरुमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गर्दै नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे ।
सभामुखले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए ।
‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसदले प्रश्न गर्दै भने ।
राप्रपा सांसदले बोल्न समय नपाएपछि अगाडि आएर नाराबाजी गरेका छन् । नारावाजी गरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।