logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

    प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

    1.5K
    Shares
    प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौँ । बुधवारको प्रतिनिधि सभा बैठकको सुरुमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गर्दै नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

    बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे ।

    सभामुखले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए ।

    ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसदले प्रश्न गर्दै भने ।

    राप्रपा सांसदले बोल्न समय नपाएपछि अगाडि आएर नाराबाजी गरेका छन् । नारावाजी गरेपछि सभामुख  घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend