logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालले वेष्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेल आज खेल्दै

    नेपालले वेष्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेल आज खेल्दै

    1.6K
    Shares
    नेपालले वेष्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेल आज खेल्दै

    काठमाडौँ । नेपालले वेष्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेल आज खेल्दै छ । वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ।

    पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल आज दिउँसो कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

    बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गर्दै यसअघि नै पाँच खेलको सिरिज जितिसकेको छ।

    चौथो खेलमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा अल आउट हुँदै १८१ रनमा समेटिएको थियो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend