logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • साढे ८ अर्बमा देवघाटमा कालिका कालिगण्डकी आयोजना बनाउदै मौलाकालिका

    साढे ८ अर्बमा देवघाटमा कालिका कालिगण्डकी आयोजना बनाउदै मौलाकालिका

    3.8K
    Shares
    साढे ८ अर्बमा देवघाटमा कालिका कालिगण्डकी आयोजना बनाउदै मौलाकालिका

    काठमाडौं । निजी क्षेत्रको मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले कालिका कालिगण्डकी जलविद्युत आयोजना बनाउने भएको छ ।

    आयोजना जडित क्षमता ३८ मेगावाट रहेको छ । २०८३ जेठसम्म सक्ने विकासकर्ता मौलाकालिकाले जनाएको छ । आयोजनाबाट २२ करोड ३६ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

    आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २१ करोड ८८ लाख रुपैयाँ पर्ने देखिएको छ ।

    नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ । अब आयोजनाका लागि लगानी जुटाउन बाँकी छ ।

    विद्युत विकास विभागले मौलाकालिकालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । ३५ दिनपछि विभागले मौलाकालिकालाई विद्युत उत्पादन लाइसेन्स दिनेछ ।

    आयोजना तनहुँको देवघाट गाउँपालिका र नवलपुरको गौंडाकोट नगरपालिकामा रहेको कालिगण्डकीको पानीलाई उपयोग गरी आंशिक जलासयमा आधारित आयोजना हो ।

    आयोजनाको संरचना देवघाट गाउँपालिकाको १, ४ र ५ नम्बर र नवलपुरको ३ मा र विद्युतगृह कालिगण्डकी नदीको बाँया किनारमा रहनेछ ।

    नदीको पानी फर्काउन नदीमा १ सय ६ मिटर लम्बाइ भएको र १७ मिटर उचाइ भएको व्यारेज निर्माणको प्रस्ताव गरिएको छ ।

    आयोजनाले दैनिक २ करोड ४१ लाख ६३ हजार ७ सय ८६ घनमिटर पानी भण्डारण गरी ४ घण्टा अधिकतम् बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ । आयोजनाबाट सुक्खायाममा पनि दैनिक ४ घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

    विद्युतगृहमा १२ मेगावाट क्षमताका भर्टिकल एक्सिस टर्वाइनमा विद्युत उत्पादन हुने भएको छ ।

    आयोजनाबाट उत्पादन हुने बिजुली १० कलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको न्यू भरतपुर सबस्टेशनमा जोडिने भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend