पौष १३ अमेरिकी दूतावासले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी इन्डो प्यासिफिक रणनीतिकै हिस्सा भएको भनिरहँदा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भने इन्डो प्यासिफिक रणनीतिको अङ्ग नभएको भन्दै यसलाई संसदबाट जसरी पनि पारित गर्ने संकेत गरेका छन्।
हालसम्म प्राप्त तथ्यहरूले एमसीसी इन्डो प्यासिफिक स्ट्राटेजीको अधीनस्थ नभएको उनीहरुको निष्कर्ष छ।
यधपी पार्टीले निर्णय भने लिइसकेको छैन। स्थाई कमिटि बैठकले समग्र पक्षलाई बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको बताइएको छ। अमेरिकी दूतावासले भने एमसीसी इन्डो प्यासिफिक रणनीतिकै हिस्सा भएको बताएको छ।
स्थायी कमिटि बैठकले एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिका अंग भएको/नभएको पुष्टि गर्ने जिम्मेवारी सचिवालयलाई दिँदै अंग भए लागु नगर्ने निर्णय गरेकोमा त्यसविपरित अध्यक्ष ओली र दाहाल जसरी पनि लागु गर्नु पर्ने पक्षमा उभिएका हुन्।