सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भूटानी शरणार्थी प्रकरण...

अनुसन्धानबारे संसदमा जानकारी गराउन सरकारलाई सभामुखको ध्यानाकर्षण

अनुसन्धानबारे संसदमा जानकारी गराउन सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौँ । सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसदलाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको माग गरेका थिए ।

संसद बैठकमा जानकारीको माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘माननीय सदस्यहरु अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend