logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शरणार्थी प्रकरणमा मुछिएकाहरुको अनुसन्धान प्रक्रियामा सरकारलाई सबैले सहयोग गर्नुपर्छ: लेखनाथ दाहाल

    शरणार्थी प्रकरणमा मुछिएकाहरुको अनुसन्धान प्रक्रियामा सरकारलाई सबैले सहयोग गर्नुपर्छ: लेखनाथ दाहाल

    1.6K
    Shares
    शरणार्थी प्रकरणमा मुछिएकाहरुको अनुसन्धान प्रक्रियामा सरकारलाई सबैले सहयोग गर्नुपर्छ:  लेखनाथ दाहाल

    काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको अनुसन्धान प्रक्रियामा सरकारलाई सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो प्रकरणमा मुछिएकाहरुलाई राजनीतिक संरक्षण दिने, कुनै पनि दवाव र प्रभावमा नपरी स्वतन्त्र ढंगले छानविनका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

    सांसद दाहालले पञ्चायतकालदेखि यताका सबै निजी सम्पत्तिको अभिलखीकरण गरी स्रोत नखुलेका सम्पत्तिको राष्ट्रियकरण गर्ने गरी कानुनी व्यवस्था गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘सुशासन प्रदान गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सत्ता साझेदार दल र सरकारको संयुक्त संकल्प नै हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनि अरबौँको ठगि गर्ने गिरोहको गिरफ्तारी प्रक्रिया जारी छ । र हामी सबैलाई थाहा छ यो अपराध मात्र नभई यो राष्ट्रविरुद्धको जघन्य अपराध हो । यसलाई माफी दिन सकिदैनँ । र अपराधीको पार्टी हुँदैन । भ्रष्टाचारीको पार्टी हुँदैन । त्यसकारण कुनै पार्टीले पनि भ्रष्टाचार गर्नु भनेको हुँदैन । त्यसकारण भ्रष्टाचारीहरुलाई राजनीतिक संरक्षण दिने र कुनै प्रभाव र दबाबमा नराखीकन स्वतन्त्र ढंगले अनुसन्धान प्रक्रियामा सहयोग गर्नको निम्ति सम्माननीय सभामुखमार्फत् म सबैमा हार्दिक आग्रह गर्दछु । त्यसैगरी पञ्चायतकालदेखि अहिलेसम्म मृत हुन् या जिवित सबैको नीजि सम्पतिको अभिलेखिकरण गर्ने र स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्न कानूनी व्यवस्थाको निम्ति सम्माननीय सभामुखमार्फत् म सरकारको ध्यानाकर्षण गराउँछु ।’

    सांसद दाहालले मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने वर्तमान सरकार र त्यसका आवद्ध गठबन्धन दलहरुको संयुक्त संकल्प भएको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend