मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नक्कली भूटानी शरणार्थी प्रकरणमा सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैनः सचेतक बर्तौला

नक्कली भूटानी शरणार्थी प्रकरणमा सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैनः सचेतक बर्तौला

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सचेतक बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिउपर कडा कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले सो प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताए । उनले आरोपी एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरे । उनले निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने बताए ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो भएको छ । यस्तो दुष्कर्म गर्ने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गरिनुपर्छ । प्रचलित कानून बमोजिम सजायको दायरामा ल्याउनुपर्छ । प्रचलित कानूनले दिएको सजाय सबैले भोग्नुपर्छ । कानूनबिरुद्धको गतिविधि गर्नेहरु कुनैपनि पार्टीको हुँदैनन् । कुनैपनि पार्टीले संरक्षण गर्ने कुरा हुँदै हुँदैन । अपराधीको कुनै जात, धर्म, उसको लिङ्ग, कुनै पार्टी हुँदैन । कानूनले दोषि करार गरे बमोजिम उसलाई कारबाही गर्नुपर्छ । हाम्रो माननीयज्युका विषय रह्यो । हामी उहाँहरुलाई प्रहरीलाई अनुसन्धान प्रक्रियालाई सघाउ पु¥याउनको निम्ति हिजो पार्टीको औपचारिक बैठक बसेर आग्रह गरेका छौँ । उहाँले सहयोग गर्नुपर्छ । सम्पर्कमा आउनुपर्छ । घटनामा जोडिएका जोकोहीले उन्मुक्ति पाउनुहुँदैन । उन्मुक्ति पाउने आशाबाट सत्ताको रापताप पनि जोडिनु हुँदैन । निष्पक्ष ढंगबाट अनुसन्धान गर्नुपर्छ । एमालेको यो माग छ ।’

उनले यस प्रकरणपछि यति, वाइडबडी, ओम्नी, ललिता निवास र क्यान्टनमेन्ट घोटाला लगायतको विषयमा पनि छानबिन गर्नुपर्ने बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend