मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

क्यामरुनमा बस दुर्घटनाः कम्तीमा १५ जनाको मृत्यु

क्यामरुनमा बस दुर्घटनाः कम्तीमा १५ जनाको मृत्यु

एजेन्सी । क्यामरुनमा भएको बस दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा मङ्गलबार दिउँसो उक्त दुर्घटना भएको हो ।

अदामावा क्षेत्रीय प्रमुख शहर नगाउन्डेरेतर्फ जाँदै गरेको बसको चालकले नियन्त्रण गुमाएपछि इन्धन ढुवानी गरेको गाडी ठोक्किएर विस्फोट भएको प्रहरीले जनाएको छ । क्यामरुन रेडियो टेलिभिजन, सरकारी टेलिभिजनले जनाएअनुसार मृत्यु हुनेमा तीन वर्षीय बालक पनि रहेको बताइएको छ।

त्यसैगरी सातजना महिलाको पनि मृत्यु भएको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ र सघन उपचार जारी छ । क्यामेरोनियन यातायात मन्त्रालयलका अनुसार प्रत्येक वर्ष १,५०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइन्छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend