logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

     झुटा समाचारको भ्रममा नपर्न प्रहरीको अनुरोध

     झुटा समाचारको भ्रममा नपर्न प्रहरीको अनुरोध

    2.7K
    Shares
     झुटा समाचारको भ्रममा नपर्न प्रहरीको अनुरोध

    काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा आएका झुटा समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै उपत्यका प्रहरी कार्यालयले यस्तो अनुरोध गरेको हो।

    उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो अनुरोध गरेका छन् ।

    प्रहरी कार्यालयले एउटा अनलाइनमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षण भएको भन्दै यस्तो अनुरोध गरेको हो।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी अनुसन्धानको क्रममा रहेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी कुत्सित मनसायले झुठो, आधारहीन सूचना सम्प्रेषण गरिएको समाचारमा कुनै सत्यता नभएको हुँदा भ्रममा नपर्नु हुन अनुरोध गरिएको छ।’

    यस्ता भ्रमपूर्ण सूचना सम्प्रेषणले अनुसन्धान कार्यमा नकारात्मक प्रभाव पर्ने भन्दै विज्ञप्तिमा प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend