logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • दैलेख आगलागी: घाइते भएका नाैमध्ये एक जनाकाे ज्यान गयाे

    दैलेख आगलागी: घाइते भएका नाैमध्ये एक जनाकाे ज्यान गयाे

    2.6K
    Shares
    दैलेख आगलागी:  घाइते भएका नाैमध्ये एक जनाकाे ज्यान गयाे

    दैलेख । दैलेखको आठविस नगरपालिका–६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परी घाइते भएका एक को ज्यान गएको छ ।

    आगलागीमा परी घाइते नौ जना मध्ये एकको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेमा वडा–६ का ३७ वर्षीय भिमबहादुर बिक रहेका छन् ।

    उनलाई बुधबार उपचारका लागि नेपालगन्ज लगिएको थियो । भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा उनको मृत्यु भएको उपचारमा एक सहयोगीले जानकारी दिए ।

    ती सहयोगीले भने, ‘उहाँको उपचारकै क्रममा मृत्यु भएको छ । पोस्टमार्टम गरेर शव दैलेखतर्फ ल्याउने तयारी भएको छ । आगोले उनको शरिरको ५५ प्रतिशत जलेको थियो, अन्य गम्भीर ४ जनालाई नेपालगन्जका प्रमुख जिल्ला अधिकारीको सहयोगमा थप उपचारका लागि काठमाडौं पुर्‍याउने तयारी भएको छ ।’

    अन्य घाइतेहरुमध्ये तीन जनाको भेरी अस्पताल र पाँच जनाको नसिंगहोममा उपचार भइरहेको छ ।

    मिना वि.क., जुना विक, प्रकाश विक, नैना विक, जौकला विक, भैरे विक, प्रज विक, नवीन विकको उपचार भइरहेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नं. ६ को गोरेटो बाटो निर्माणका लागि गएका १० जनामध्ये आगोमा परेर नौ जना गम्भीर घाइते भएका थिए ।

    सडक निर्माणमा लागेका उनीहरू तलबाट आगो दन्किँदै आएपछि केहीवेर निभाउने प्रयास गरेको र निभाउन नसकेर आगो नै शरीरमा आएपछि घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend