logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नकारात्मकवादको सकारात्मक सिद्दान्त – शम्भु गौतम

    नकारात्मकवादको सकारात्मक सिद्दान्त – शम्भु गौतम

    4.9K
    Shares

    सुनौलो नेपाल – पांच महिना भयो केहि कुरा लेखौ गन्थन गरौ भनेर सोचेको कहिले समयको अभाव कहिले लेख्न चाहिने जागरको अभाव आज मोबाइललाई हवाईजहाजमा राखेर केहि लेख्ने जमर्को गर्दै छु। बिशेष गरेर विद्युतीय संचार माध्यममा आउने समाचार लेखे विश्लेषण पढ्ने गर्छु तर तर्क बितर्क गर्दैन आज तार्कि बितर्क नगरी केहि भन्दिन भन्दा भन्दै पनि कलम रोकिन मानेन। अंग्रेजीमा ‘Theme’ शब्द नेपालीमा मर्म जु न समाचारको मर्म हेर्छु सबैतिरबाट सटिक र पढ्न योग्य हुन्छन। तर मर्म सधै नकरात्मक नै पाउने गरेको छु। सायद मेरो अध्यन शक्ति कमजोर भएर हो वा लेखकको जस्तै मनस्थिति नकारात्मक भएर हो।

    एउटा भनाई छ नकारात्मक बादको सकारात्मक सिद्दान्त नराम्रो बाटोलाई छोड्दै राम्रो बाटोमा जानु नराम्रो संदेश प्रवाह गर्नुभन्दा राम्रो संदेश प्रवाह गर्नु हुन् जान्छ हामी कुन बाटोमा जादैछु भन्ने हाम्रो मतिष्कले कुन बाटोको परिकल्पना गरेको छ भन्ने कुरा मुख्य हुन् आउछ।

    पाठक वृन्दमा मेरो बिनम्र अनुरोध छ यो कसैपर्ती लक्षित कसैप्रति पुर्वाग्रह्हित भन्दा पनि नकारात्मक सोच बदल्नुपर्छ भन्ने सोचका साथ तयार पारीएको आलेख हो। यसले ब्याक्ति मात्रै नभई परिवार समाज र सिंगो देशलाई नै बदल्न पर्छ भन्ने संदेश प्रवाहित गरेको छ।

    परिक्षा दिन सरसर्ती पढ्नुपर्छ भनेझै कुनै कुरा बोल्नु भन्दा अगाडी अध्यन गर्नु जरुरी छ भन्ने मलाई लाग्छ अब कुरा गरौ वर्तमान सरकार अहिलेको देशको राजनैतिक आर्थिक र सामाजिक अवस्थाको बारेमा यहाँहरुलाई अचम्मम लाग्ला मलाई कहिले पनि कुनै कुरामा चमत्कारीक परिवार्तन हुन्छ भन्ने लागेन जवकि हिजो तत्कालिन नेकपा एमाले र नेकपा माओबादीको गठबन्धनले दुई तिहाई ल्याउदा पनि बिजुली जसरी परिवर्तन होला भन्ने मलाई कल्पना मलाई थिएन तर सपना पक्का थियो। अब नेपाल नया बाटोमा जान्छ नयाँ उत्साह उमंगका साथ् अगाडी बढ्छ।

    दुर्भाग्यबंश देखिने गरी काम हुन् सकेन यसका पछाडी धेरे कारण हरु हुन् सक्छन ति कारणहरु अर्को आलेखमा प्रस्तुत गर्नेछु। तर मेरो बुझाईमा जुन गतिमा बिकासको रेल कुद्नुपर्ने हो त्यो गतिमा कुदन सकेन यसका पछाडी सबै नेपाली जनताको उत्तिकै जिम्मेवार हुन्छन पदीय हिसावले प्रधानमन्त्री केपी शर्मा ओली यहाँहरुलाई लाग्ला हामी किन जिम्मेवार हुने पक्कै पनि हुनुपर्छ किनकि किनकि प्रत्यक नेपाली मतदाताको सिधा सम्पर्क सांसद मन्त्री प्रधानमन्त्री , राष्ट्रपति हुन्छ तपाई आफै भन्नुहोस कति पटक कुन मन्त्री सांसद केमा आफ्नो कामको लागी जानुभो मैले छोरालाई जागीर खुवाउन बुहारीको सरुवा आर्थिक रुपमा सम्पन्न भएपनि राज्यले विपन्नका लागी प्रदान गर्ने सहुलियतका लागी जानु भो कतिपटक पुल्चोक मन्त्री निवासबाट यहाँको नाम फर्कियो होला सिंहदरबारको दक्षिण गेटमा कतिपटक नाम लेखियो होला यो स्वाभाविक छ हिजो दिन रात नभनी देशको लागी पार्टीको लागी लड्नु भो रगत बगाउनु भयो आफ्नो सामान्य कामको लागी जाने सामान्य मानवीय गुण नै हो तर छातीमा हात राखेर भन्न सक्नुहुन्छ तपाईले जिताएर पठाएका माननीय तपाईको एक १ भोटले मन्त्रालय हाकेका भनि सिधा नजर जुधाएर देशमा भएको बेतिथी कालोबजारी भ्रष्टाचारी र मनपरी तन्त्रको बारेमा तपाईले केहि भन्नुभएको छ ? ब्यस्त ब्याक्तिलाई समय भएन भनेर कागजमा लेखेर दिनुभएको छ। पक्कै दिनुभएको छैन तर तपाई जब आफ्नो काम सिध्याएर आउनुहुन्छ अनि गाली गर्नु हुन्छ।

    चिया पसलमा पत्रिका पसलमा अनि त्यतिले नपुगेर घरमा गएर श्रीमतीसंग कुरा गर्नुहुन्छ फलानो मन्त्री यस्तो, फलानो सांसद यस्तो अनि भर्खरै हुर्किदै गरेका कलिला मष्तिकहरुमा नकारात्मक सन्देशको जालो छार्दिनु हुन्छ। जुन भविष्यका लागी अत्यन्तै भयाबह हो भोलिका दिनको लागी किनकि तपाइको पछि तपाईका नकारात्मक कूराले तपाईको बच्चाको मनस्थिति बिस्तारै नेपाल बस्न मन नपराउने हुन्छ।

    रामोसंग बुझ्नुपर्ने कुरा यो छ कि नेपालको बगैचामा पानी हाल्ने काम आजका कलिला बच्चा जो पछि ठुला हुन्छन उनीहरुको बिडम्बना बगैचा त बन्ला तर पनि हातले झार गोड्ने माली नभएपछि यो बगैचा खण्डहर हुनेछ। त्यो खण्डहर यस्तो हुनेछ जुन फेरी अर्को बगैचा बनाउन अर्को ५० वर्षा लाग्छ त्यतिबेला न फुल हुन्छ न पानी माली मात्र को के काम देश बन्दलने भनेको पत्रकार प्राध्यापक लेखक विश्लेषक सामाजिक अभियान्ताहरुले यस बिषयमा अर्को लेखमा बिस्तृत रुपमा लेख्दै छु तर मेरो बिनम्र अनुरोध छ नेपाली क्रिकेट टोलीले नेपालको इज्वत राख्दा के खेलकुद मन्त्रीको मात्र शिर ठाडो हुने हो के नेपालीहरु यहाहरुलाई घाटा लाग्ने हो कृपया समाज बदल्नु छ खरो टिप्पणी नगरौ खबरदारी गरौ बाटामा रोकेर सांसद मन्त्रीहरुलाई गाली गरौ हिजो गरेका बाचा प्रतिवद्धताहरु सम्झाउ गलत कुराहरुको प्रशयलाई रोक्न आग्रह गर्दै सार्वजनिक मन्चबाट गाली गरौ भाषण गरौ सिंहदरवारको गेटमा गएर मन्त्रीको गाडी रोक्ने अधिकार यहाहरुलाई छ तर कृपया यहाहरुको एक बोली एक लेखेले जनतामा आशा नैराश्यता र नकारात्मक प्रदान गर्ने हुन्छ। विदेशीहरुको दृष्टिकोण पनि यहाँ हरुको लेखाईमा भर पर्छ जे छ यथार्थ भनिदिनुहोस नराम्रो लाई राम्रो नभन्नुस गलतलाई सहि भन्दै नभन्नुस नकारात्कतालाई त्यागौ सकरात्मकताका साथ् अगाडी बढौ नेपाल बनाउनको लागी यहाहरुको पनि योगदान रहने छ। कसैको चस्मा लगाएर हैन स्वतन्त्र रुपले आफ्नै आखाले हेर्नुस नेपाल बन्दैछ पक्कै बंछा हाम्रै पालामा बंछा कहिँ कतै जानै प्रदैन आफ्नै देशलाई हेरे हुन्छ।
    सबैभन्दा गम्न्भीर नकारात्मकतालाई बढावा दिने काम जिम्मेवारीबाट भएको छ। राज्यको सम्पूर्ण काम सम्पादन गर्ने जिम्मा लिएर बसेका कर्मचारीतन्त्र जहिले पनि नकारात्मक संदेश दिन उद्देलित छन्। तपाई आफै भन्नुस सचिव ज्यु, तीन दिन गाउँबाट ॠण खोजेर काठमाडौँ सम्म मन्त्रीलाई भेट गर्न आएको सर्वसाधारण छ जुन व्यक्ति मन्त्रीसंगको एक भेट पछि रात्रीबसको टिकट लिएको छ जो मन्त्री ज्यु को कार्यकक्षको अगाडी ९/१० बजे देखि बसेको छ। तपाई दिनमा ५/६ पटक तलमाथी गर्नुहुन्छ तपाईको लागी मन्त्रीको कार्यकक्ष सामान्य छ न तपाईलाई भित्र पस्न अनुमति चाहिन्छ कि ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend