logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • शरणार्थी प्रकरणलगायतका सबै भष्टाचार काण्डमा निष्पक्ष छानबिनको माग गर्दै राप्रपाको ज्ञापन पत्र

    शरणार्थी प्रकरणलगायतका सबै भष्टाचार काण्डमा निष्पक्ष छानबिनको माग गर्दै राप्रपाको ज्ञापन पत्र

    1.6K
    Shares
    शरणार्थी प्रकरणलगायतका सबै भष्टाचार काण्डमा निष्पक्ष छानबिनको माग गर्दै राप्रपाको ज्ञापन पत्र

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारसँग माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत अहिलेसम्मका सम्पूण भ्रष्टाचारजन्य गतिविधिमा संलग्न सबैमाथि छानबिन तथा कारबाही गर्नुपर्ने माग गरेको हो ।

    देशको अन्तर्राष्ट्रिय छवि नै धुमिल गराउने गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठित रुपमा राज्यशक्तिको दुरुपयोग प्रकरणले सारा नेपालीलाई शीर निहुर्‍याउनुपर्ने परिस्थिति सिर्जना भएकोले यस्तो ‘राष्ट्रघाती र देशद्रोही’ काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जनुसुकै तहका नेतृत्वलाई कुनै पनि बहानामा छुट दिन नहुने विज्ञप्तिमा उल्लेख छ।

    ‘बहालवाला सचिव र तत्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भए पनि विगतका ठूलाठूला भ्रष्टाचार काण्डहरु समयक्रमसँगै सेलाएर जानुको साथै ठूलाहरु खासगरी राजनीतिक नेतृत्वले घुमिफिरी उन्मुक्ति पाउने नजिरका कारण पूर्णरुपमा आश्वस्त हुनसक्ने अवस्था सिर्जना भइसकेको छैन,’ राप्रपाले भनेको छ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘राप्रपा यस प्रकरणलाई कुनै पनि बाहनामा लम्ब्याएर अलपत्र पार्ने कोसिसको विरुद्धमा छ। अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जो सुकैलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग छ।’

    छानबिनमा निर्दोष कोही नपरुन् र दोषी कोही नछुटुन् भन्ने कानुनको सम्मान गर्दै यस प्रकरणमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेलविरुद्ध दृढतापूवर्क सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने राप्रपाले चेतावनी दिएको छ।

    ‘यस प्रकरणलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष छानबिन गरी दोषी उपर सजाय गर्न तथा विगतका ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरु खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैलाई पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावारण निमार्ण गर्न जोडदार माग गर्दर्छौँ,’ राप्रपाले विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend