logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • न्याय, सुशासन र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

    न्याय, सुशासन र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

    1.2K
    Shares
    न्याय, सुशासन र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

    काठमाडौँ । ‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको छ ।

    काठमाडौँ विश्वविद्यालय, नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस) को अगुवाइमा सोसल साइन्स एण्ड ह्युमानिटी एशोसिएन भारत, समाजशास्त्रीय समाज नेपाल र नेपाल अङ्ग्रेजी शिक्षक सङ्घको सहकार्यमा आयोजित सम्मेलनमा समाज विज्ञानका विभिन्न विद्यामा दख्खल भएका ७० भन्दाबढी अध्येताको सहभागिता छ ।

    सम्मेलनमा भारतबाट मात्र ५० बढी प्रस्तुति रहनेछ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति डा भोला थापाले सम्मेलनको शुभारम्भ गर्दै यस्ता सहकार्यले समग्रमा दक्षिण एशियालाई एक पहिचानका रुपमा अगाडि बढाउन सहयोग गर्ने बताए ।

    यस प्रकारको सहकार्यका लागि काठमाडौँ विश्वविद्यालय तयार रहेको र यस्ता कार्यक्रमले संसारका कुनाकुनामा रहनेले पनि शैक्षिक संस्थालाई सम्झेको अनुभव आफूले गरेको बताए ।

    प्राध्यापक कृष्ण खनालले अहिलेको परिस्थितिमा सुशासन तथा विकासका नाममा बन्ने योजनाहरु कसैको हितमा भइरहेको पाइएकोमा चिन्ता व्यक्त गरे । उनले यस्ता छलफल कुन कार्यक्रम ? कस्का लागि डिजाइन गरिएको हो र कार्यक्रम कस्को हितमा छ भन्ने विषयमा केन्द्रित रहेर काम भएमा सम्मेलनको सान्दर्भिकता रहने बताए ।

    सोसल साइन्स एण्ड ह्युमानिटी एशोसिएन, भारतका प्रतिनिधि प्राध्यापक अश्विनी अग्रवाल, राजस्तानका समाजशास्त्री आलोककुमार मिना, समाजशास्त्रीय समाज नेपालका सदस्य विष्णु बस्याल र नेपाल अङ्ग्रेजी शिक्षक सङ्घकी अध्यक्ष मोतीकला सुब्बा दवान, इण्डियन इष्टिच्युसन अफ मास कम्युनिकेशन–आइआइएमसीका प्राध्यापक सुर्भी दहिया, स्कुल अफ आर्टसका डिन एक्कुमाया पुन लागयतले आफ्नो मन्तव्य राखेका थिए ।

    कार्यक्रममा अध्यक्षता गर्दै प्राध्यापक लोकराज बरालले न्याय र सुशासनका क्षेत्रमा नेपालले धेरै काम गर्नुपर्ने बताए।

    उनले स्रोतको असमान वितरण भएको र बहुसङ्ख्यक जनसङ्ख्या स्रोत र साधनको पहुँचबाट टाढा रहेको अवस्थामा नेपालका दलित, जनजाति तथा कमजोर वर्गको विषय छलफलमा नल्याएसम्म देश र समाजले प्रगतिको पथ लिन नसक्ने धारणा राखे । डा उद्धव प्याकुरेल र समाजशास्त्री आलोककुमार मिनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend