logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा 

    ६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा 

    2.4K
    Shares
    ६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा 
    मकवानपुर । जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व–पश्चिम लोकमार्गबाट ६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
    ती ट्रकलाई बैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सशस्त्र प्रहरी नायव उपरीक्षक सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
    नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend