logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मिनी चिडियाखानाका रूपमा  विकास हुँदै भालुढुङ्गा

    मिनी चिडियाखानाका रूपमा  विकास हुँदै भालुढुङ्गा

    2.2K
    Shares
    मिनी चिडियाखानाका रूपमा  विकास हुँदै भालुढुङ्गा

    इलाम। इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ ।

    इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो ।

    विभिन्न ओढार र हराभरा रहेको यो सामुदायिक वनमा चिडियाखानाका रुपमा विकास गर्ने सोचअनुरुप पछिल्लो पटक तीन वटा रतुवा मृग राखिएको छ ।

    ओढारे भालुढुङ्गा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सवडिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताए। विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुई पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ ।

    उनले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवद्र्धन समितिमार्फत एक लाख सहयोग भएकाले  तारजालीले घेरिएको जानकारी दिए । कोषाध्यक्ष खड्काले  सुरेन्द्र राईमार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रड र प्राविधिक उपलव्ध गराइएको बताए ।

    भालुढुङ्गाको नामले परीचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहारासमेत देख्न पाइने भएको छ । भालुपालनका लागि नगर पर्यटन प्रवद्र्धन समितिले प्रयास थालेको हो । यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालिएको छ ।

    मृगका लागि इलाम कृषि बिज भण्डारका पशुपति भट्टराईले मासिक ५० केजी चारो उपलब्ध गराउन थालेका छन् । इलाम सदरमुकाम छेउमै रहेको भालुढुङ्गा क्षेत्रको विकासमा स्थानीयस्तरमा गठित भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्थासमेत क्रियाशील छ ।

    उक्त संस्थाले यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानका रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने जनाएको  छ । मृग, खरायो, बाँदर, स्याल, दुम्सीजस्ता रैथाने जनावरलाई  संरक्षण गरी नमुना पार्कसमेत बनाइने सामुदायिक बनका अध्यक्ष हरि गुरुङले बताए ।

    भालुढुङ्गा पर्यटन क्षेत्र आसपासमा होमस्टे सञ्चालन  गरिएको छ । त्यहाँसम्म जानका लागि इलाम कारागार हुँदै कालोपत्रे सडकसमेत निर्माण भइसकेको छ । इलाम बजारभन्दा नजिक रहेकाले धेरै पर्यटक सो स्थानमा जाने गरेका छन् ।

    यस  क्षेत्रलाई चिडियाखानाका रुपमा विकास गर्न स्थानीय सरकारलेसमेत सहयोग उपलब्ध गराएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend