काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले अनुसन्धान नसकिएको भन्दै अभियुक्तहरुलाई थप हिरासतमा राख्न अनुमति मागसहति जिल्ला अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालत सूचना अधिकारी दीपक दाहालले ४ दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।
प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।