काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुर्याइएको छ ।
शरणार्थी प्रकरणमा खाँणसहित १२ जना आरोपितमाथि जिल्ला अदालतबाट चार दिनको म्याद थप हिजो मात्रै गरेको प्रहरीले सोमबार खाणलाई बयान गराउन सरकारी वकिलको कार्यालयमा लगेको हो ।
सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुमाथिको अनुसन्धानको प्रक्रियालाई पूर्ण दिन निर्देशन दिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार पूर्वमन्त्री खाणको बयान सुरु भएको छ ।