logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

    सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

    847
    Shares
    सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गएको वैशाख १७ गते सहकारीबाट ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्र्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

    उनीहरुको साथबाट नगद पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ल प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend