logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारले छिट्टै पूर्णता पाउँछ: मुख्यमन्त्री शाह

    सरकारले छिट्टै पूर्णता पाउँछ: मुख्यमन्त्री शाह

    1.4K
    Shares
    सरकारले छिट्टै पूर्णता पाउँछ: मुख्यमन्त्री शाह

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

    कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, ‘सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।’

    उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताए। अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हालेका छन्। सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

    सो अवसरमा उनले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए। मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

    ‘नागरिकले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन’, मुख्यमन्त्री शाहले भने, ‘त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।’ उनले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।

    ‘नराम्रा काम निरुत्साहित गर्दै राम्रा कामलाई निरन्तरता दिन्छौ’, मुख्यमन्त्री शाह भन्छन्, ‘स्थानीय सरकारले धेरै नागरिकले सुविधा पाउने खालका योजना माग गर्न म सुझाव दिन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend