काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोप लागेका एमालेका निलम्बित सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीमाथि थप अनुसन्धानका लागि तीन दिन थुनामा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।
सोमवार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठको एक घरबाट पक्राउ गरेको थियो ।