logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन

    ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन

    1.1K
    Shares
    ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन

    काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।

    सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गरेकाे सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    १६ सदस्यीय सो मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुबबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौंधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहेका छन् ।

    सो मस्यौदा समितिलाई कार्य सम्पादनका लागि ७ दिनको समय दिइएको छ ।

    समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरुको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend