logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • काँग्रेस युवा नेताहरुले गरे नेपाली काँग्रेस रुपान्तरण अभियानको घोषणा

    काँग्रेस युवा नेताहरुले गरे नेपाली काँग्रेस रुपान्तरण अभियानको घोषणा

    2.1K
    Shares
    काँग्रेस युवा नेताहरुले गरे नेपाली काँग्रेस रुपान्तरण अभियानको घोषणा

    काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुले नेपाली काँग्रेस रुपान्तरण अभियानको घोषणा गरेका छन् ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाही लगायतका नेताहरुले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले नेपाली काँग्रेस पार्टी जमुवा पोखरीझैँ भएको बताए। उनले नेपाली काँग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी काँग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै आफूहरुले पार्टीको समय सापेक्ष रुपान्तरण गर्ने बताए।

    हाल कांग्रेसभित्र गैर काँग्रेसी चरित्रले बास गरेको उनले बताए । उनले काँग्रेसभित्र नैतिक शक्तिको क्षय भएको भन्दै आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने बताए । उनले कांग्रेसको कमी, कमजोरीहरुबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रबामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको बताए ।

    काँग्रेस रुपान्तरणको अभियानलाई अगाडी बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको घोषणा गरिएको उनले उल्लेख गरे ।

    अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend