logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • एमाले अलोकतान्त्रिक बन्यो, काँग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छः माधव नेपाल

    एमाले अलोकतान्त्रिक बन्यो, काँग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छः माधव नेपाल

    1.4K
    Shares
    एमाले अलोकतान्त्रिक बन्यो, काँग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छः माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् ।

    बुधवार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिए । उनले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए ।

    उनले उनले नेकपा एमालेले जबजबाट विचलित भएको आरोप लगाए । उनले पार्टीको यस्ता विचार र नेताहरु बिरुद्धमा जुध्न एमालेका नेताहरुले आवाज उठाउनुपर्ने बताए ।

    उनले भने, ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरुभित्र अलोकतान्त्रिक चरित्रहरु विद्यमान छन् । त्यसो भएकाले पार्टीहरुको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यक्ता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीति भन्दा नेता प्रधान, नेता भन्दा नीति प्रधान हुनुपर्ने भन्दा नीति भन्दा नेता प्रधान भन्ने मान्यतामा छ । एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरुलाई आफू आफ्नो पार्टी भित्र रहेका गलत विचार र प्रवृत्तिहरुको पहिचान गर्नुहोस्, त्यसका बिरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस्, तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।’

    अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । उनले नेपालमा काँग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उल्लेख गरे । उनले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गरे । उनले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौति रहेको बताए ।

    उनले भने, ‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के काँग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिष्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउँ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौति हाम्रो सामु विद्यमान छ, कम्युनिष्ट पार्टीभित्र दिक्क लाग्दो अवस्था मबाट शुरु हुन्छ, व्यक्तिवादी प्रवृत्तिबाट । यस्तोमा वैचारिक शुद्धीकरण अभियान चलाउनुपर्छ ।’

    अध्यक्ष नेपालले नेपाली समाजमा धरै अलोकतान्त्रिक प्रवृत्तिहरु विद्यमान रहेको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend