
काठमाडौं । सरकारमा सहभागी दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा बजेट, रेशम चौधरी रिहाइ, नक्कली शरणार्थी प्रकरणलगायत विषष्मा छलफल भइरहेको हो।
सरकारले ५ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। मंगलबार पनि प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्ने १० दलको बैठक बोलाएका थिए।
बैठकमा सहभागी गठबन्धन दलका नेतासँग प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समयसीमा तोकिदिएका छन्।
बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend