काठमाडौं । सगरमाथा आरोहणका लागि आएका एक भारतीय नागरिकको लेक लागेर ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले मृत्यु हुनेमा सगरमाथा क्षेत्र भ्रमणमा आएकी ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युस रहेकी छिन् ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आरोहणका लागि आएकी ज्युसलाई जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको थियो।
लुक्लाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।