काठमाडौं । बिहीबार सुनको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन (बुधबार) प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। सो दिन ११ सय रुपैयाँले घटेको थियो।
आज तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १३७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।