logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सरकार दिशाहिन स्थितिमा छः प्रमुख सचेतक गिरी

    सरकार दिशाहिन स्थितिमा छः प्रमुख सचेतक गिरी

    1.4K
    Shares
    सरकार दिशाहिन स्थितिमा छः प्रमुख सचेतक गिरी

    काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुको प्रश्नको जवाफ गम्भिरतको साथ नदिएको बताएका छन् ।

    बिहीवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन् ।

    प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सिमित भएको उनले बताए । मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाई छ ।

    सरकार कुहिरोको कागजस्तो दिशाहिन अवस्थामा रहेको उनले बताए । प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी आउनुपर्ने बताए ।

    उनले भने, ‘प्रश्नोत्तरको सवालमा जुन गम्भिरताको साथ, जुन महत्वका साथ जसरी माननीयहरुले प्रश्न उठाउनुभयो प्रधानमन्त्रीज्यूबाट त्यही हिसावले प्रश्नको उत्तर आएन । एउटा औपचारिकता पूरा गर्ने हिसाबले मात्रै प्रश्नको उत्तर दिने काम भएको छ । आउने प्रश्नोत्तरहरुमा अझै धेरै तयारी गरेर र योजनाका साथ यस्ता प्रश्नोत्तरमा उहाँहरु सहभागि हुनुपर्छ भन्ने म ठान्छु । अहिले मुलुकमा आर्थिक मन्दी छ । आर्थिक संकट गहिरिदो छ । यो समस्याको समाधान गर्नका लागि सरकारका ठोस योजनाहरु के हुन् त भनेर जुन हामीले एउटा प्रश्न थियो त्यो प्रश्नको पनि चित्तबुझ्दो ढंगले जवाफ आएन । यसको मतलव सरकार कुहिरोको काग जस्तो छ । अहिलेपनि दिशाहिन स्थितिमा छ । अहिलेपनि धेरै इस्युहरुमा प्रष्ट हुन सकिराखेको छैन । र भोलिको बाटो कुन हो भन्ने कुरामा सरकारले गन्तव्य सही ढंगले पहिल्याउन सकेको छैन । रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुप¥यो । अनुत्पादक क्षेत्रमा पैसा अनावश्यक खर्च गर्नुभएन । आयातलाई प्रतिस्थापन गर्नेखालका क्षेत्रहरुमा लगानी बढाउनु प¥यो । क्षेत्र निर्धारण गरेर लगानी गर्ने ढंगले बजेट आउनुपर्छ भन्ने ठान्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend