मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सत्ता गठबन्धनबीच भागबण्डामा सहमति जट्याे, सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी

सत्ता गठबन्धनबीच भागबण्डामा सहमति जट्याे, सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डामा सहमति जुटेको छ । भागबण्डा टुंगो लागेसँगै मुख्यमन्त्री कमलबहादुर शाह मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्टले सत्ता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र–२, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको जानकारी दिए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक–एक जना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको नेता भट्टले बताए ।

उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।’

भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाम समेत टुंग्याइसके जनाएको छ ।

दलका नेता भट्टले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंगिएको बताए । तर माओवादी केन्द्रले औपचारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

सरकार विस्तारको तयारी

दलहरुबीच भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी थालेका छन् । शुक्रबार प्रदेश सरकारको एक सय दिन पुगेको अवसर पारेर शाहले सरकारलाई पूर्णता दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले सरकारमा पठाउने व्यक्तिको नाम टुंगो लगाए पनि कांग्रेसले टुग्याउन बाँकी छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend