logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सत्ता गठबन्धन दलको सहभागितामा आजै सुदूरपश्चिम सरकारलाई पूर्ण दिन्छौँ: मुख्यमन्त्री शाह

    सत्ता गठबन्धन दलको सहभागितामा आजै सुदूरपश्चिम सरकारलाई पूर्ण दिन्छौँ: मुख्यमन्त्री शाह

    1.2K
    Shares
    सत्ता गठबन्धन दलको सहभागितामा आजै सुदूरपश्चिम सरकारलाई पूर्ण दिन्छौँ: मुख्यमन्त्री शाह

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले आजै सरकारलाई पूर्णता दिइने बताएका छन् ।

    प्रदेश सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिने तयारी गरिएको बताएका हुन् ।

    शाहले सत्ता गठबन्धनमा आवद्ध सबै दललाई सहभागी गराएर सरकार विस्तार हुने बताए। ‘प्रदेश सरकार विस्तारको विषयमा आज पूर्णता पाउँछ । सत्ता गठबन्धनमा आवद्ध सबै दललाई समेट्छौं,’ मुख्यमन्त्री शाहले भने ।

    रेशम चौधरीलाई जन्मकैद सजाय सर्वोच्चले सदर गरेपछि आन्दोलित नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा सहभागी हुदैन कि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मुख्यमन्त्री शाहले नाउपा पनि प्रदेश सरकारमा सामेल हुने विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend