logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सफा हिमाल अभियान २०२३ अपडेट : बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न

    सफा हिमाल अभियान २०२३ अपडेट : बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न

    1.2K
    Shares
    सफा हिमाल अभियान २०२३ अपडेट : बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न

    काठमाडौं । सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न भएको छ ।

    क्याम्पेन लिडर सेनानी समिर बहादुर बस्नेतको नेतृत्वमा खट्टिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगी सहितको टोलीले बरुञ्‍चे हिमालको आधार शिविरबाट संकलित बायो–डिग्रेडेबल ३,०५० के.जी.फोहोर गत बैशाख ३० गते एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङलाई हस्तान्तरण गरियो ।

    उक्त टोलीले संकलन गरेको ननबायो–डिग्रेडेबल १५,४७० के.जी. फोहोर काठमाण्डौं ल्याई आज शुक्रवार क्याम्पेन डाईरेक्टर तथा राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहर व्यवस्थापन कम्पनी ‘क्रियशन भेञ्चर प्राइभेट नेपाल’ का प्रतिनिधिलाई हस्तान्तरण गरे ।

    यसअघि गत बैशाख २७ गते सफा हिमाल अभियान अन्तर्गत अन्‍नपूर्ण हिमालबाट संकलित फोहोर हस्तान्तरण भईसकेको छ भने सगरमाथा र ल्होत्से हिमालको सफाई जारी रहेको छ । यो अभियान विश्व वातावरण दिवस (जुन ५) मा समापन हुनेछ ।

    यसैबिच सगरमाथा आरोहण गरी फर्कने क्रममा निधन भएका फूर्वा शेर्पाको पार्थिव शरिरलाई नेपाली सेनाको हेलीकोप्टरद्वारा उनको गृह जिल्ला संखुवासभा पुर्‍याई पोष्टमार्टम पश्चात परिवारजनलाई बुझाइएको छ ।

    सफा हिमाल अभियानमा संलग्न भई हिमाल आरोहणको क्रममा बिरामी भई उपचाररत सबै आरोहीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend