मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने काँग्रेसबाट पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै, माओवादीबाट नै गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छिन् ।

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नागरिक उन्मुक्तिले मन्त्रीको नाम पठाएन्

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नागरिक उन्मुक्तिले मन्त्रीको नाम पठाएन्

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सामेल गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री शाह निकट स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट बझाङका  पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । शनिबार नै बसेको कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

त्यस्तै, माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रबाट नै गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको आजै पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरिएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।

नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीको नाम पठाएको छैन् ।

सो पार्टीले पहिले दुई मन्त्रालय पाउँने भनिएको तर अहिले एक मन्त्रालय पाउने भएपछि नाम नपठाइएको बताएको छ । यद्यपी, पार्टीभित्र छलफल भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend