logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक किशोरको मृत्यु

    पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक किशोरको मृत्यु

    2.5K
    Shares
    पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक किशोरको मृत्यु

    पोखरा । मोटरसाइकल दुर्घटनामा एक किशोरको ज्यान गएको छ। अर्का किशोर गम्भीर घाइते भएका छन् ।

    कास्की प्रहरीका अनुसार मंगलबार बिहान १ बजेर १० मिनेटको समयमा भएको दुर्घटनामा काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएको हो ।

    तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुका १७ वर्षीय संगम बानियाँ घाइते भएका छन् । बानियाँले मोटरसाइकल चलाएका थिए भने खतिवडा पछाडि बसेको प्रहरीले जनाएको छ ।

    पोखरा–६ खहरेचोकस्थित हल्लनचोकबाट गैराको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

    कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले घटनालगत्तै दुवै जनालाई घाइते अवस्थामा उद्धार गरी सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल पठाएकोमा खतिवडालाई चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

    बानियाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend