शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनचाँदीको भाउ सस्तियो, सुन तोलामा ८०० रुपैयाँले गिरावट

सुनचाँदीको भाउ सस्तियो, सुन तोलामा ८०० रुपैयाँले गिरावट

काठमाडौं । आज मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतिताला १ लाख ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend