काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाएको छ ।
महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर/टहरा हटाइएको जानकारी दिए ।
उनका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथ अतिक्रमण गरेर बनाएका भर्याङ, पेटी लगायत संरचना समेत काठमाडौं महानगरले हटाएको छ ।