logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍योः मुख्यमन्त्री शाह

    संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍योः मुख्यमन्त्री शाह

    1.4K
    Shares
    संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍योः मुख्यमन्त्री शाह

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् ।

    मंगलवार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् ।

    उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे ।

    उनले प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको बताए ।

    उनले प्रदेश सरकारले राजश्व संकलन गरिदिए अनुदान दिन्छौं भन्दै एकाधिकार जमाएको बताए । उनले प्राकृति स्रोत प्रदेश मातहतमा आएपनि स्वीकार गर्न नसकेको बताए ।

    उनले प्रहरी समायोजन,कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाडमा लडाइ गर्नुपरेको बताए ।

    उनले भने, ‘केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाडमा एककाधिकार गर्‍यो । असमान वितरण प्रणाली लागू गर्‍यो। विकासलाई समातामूलक रुपमा गरेन । सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न पाएनन् । संवैधानिक रुपमा नभए पनि संघीय सरकारले विकास तथा अधिकारीको रुपमा दोस्रो दर्जाका नागरिकका रुपले हेरेको कारण गरिबी जनजीवन हेर्दा नागरिकले नरहकीय जीवन बिताउनु पर्ने अवस्था अहिले पनि छ । प्रदेशभित्र रहेका राजश्वका स्रोतहरु केन्द्रले नियन्त्रणमा लिएको छ । भन्सारमा उठेका महशुलहरु केन्द्रमा नै आए अनुदान दिन्छौं भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो । वनका स्र्रोत केन्द्रले राखेको छ तर प्रदेश मातहतमा आइसकेका छन् । तर त्यसलाई केन्द्रले स्वीकार गर्न सकेको छैन । प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाइ रहेको छ । प्रहरी समायोजन,कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकार प्रति उत्तरदायि छन् । प्रदेश सरकारलाई अधिकार दियौं भनेर ललिपप खुवाए जस्तै छ । संघीय सरकार दाता प्रदेश सरकार भिक्षुक जस्तै भएको कारण संघीय सरकारलाई दबाब दिन थालिएको हो ।’

    मुख्यमन्त्री शाहले केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाटमा एकाधिकार गरेको बताए ।

    उनले सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न नपाएको गुनासो गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend