logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्छः सांसद पाण्डे

    राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्छः सांसद पाण्डे

    2K
    Shares
    राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्छः सांसद पाण्डे

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने धारणा राखेका हुन् ।

    उनले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गरे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिए ।

    त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र सो को लागि बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘जस्तोसुकै कठिन घडीमा हामी गुज्रिएपनि केही राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, १२ सय मेघावाट उत्पादन हुनसक्ने जलाशययुक्त बुढीगण्डकी आयोजना यस्ता आयोजनाहरुलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर ल्याउन जरुरी छ । बुढीगण्डकी आयोजनाका लागि त राज्यले १ खर्बभन्दा बढी रकमै संकलन गरिसकेको छ । त्यसको लागि छुट्टै रकम खोजिरहनु नि पर्दैन । राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सितापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रुपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्छ । यो धेरै महत्वको विषय हुन्छ । यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रश्तावसहित बजेटमा उल्लेख हुन सकोस् । म प्रश्ताव राख्न चाहन्छु ।’

    उनले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताए ।

    उनले निति तथा कार्यक्रम पुर्नलेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरुलाई समेटेर जाँदा राम्रो हुने धारणा राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend