सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु पर्दैन: माधव सापकोटा

पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु पर्दैन: माधव सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताएका छन् ।

दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए ।

उनले भने, ‘किन तर्सिनु ? तर्सिनै पर्दैन । हामीहरु अहिले पार्टीहरुका बीचमा विवाद गर्‍यौँ, बहस गर्‍यौँ, झमेला गर्‍यौँ भनेर यो व्यवस्था नै फेल भयो भन्न मिल्छ ? हामीले लोकतन्त्र ल्याउने, गणतन्त्र भनेका हौँ । वादविवादको बिचबाट एउटा सम्वाद निकालेर जान्छौँ भनेको हो । गन्थनमन्थन गर्दैछौँ । आखिरी पर्दाखेरी हिजो संविधान बनाउने बेलामा पनि सबै अग्रगामी शक्तिहरु एक ठाउँमा आएर देशलाई निकाश दियौँ । अहिले समृद्धिको यात्रामा पनि फेरि सबै दलहरु एकै ठाउँमा आउनुको विकल्प छैन । हाम्रो कार्यशैली, सोच्ने शैलीमा हामीले पुनरावलोकन गर्नुपर्छ । पुनःविचार गर्नुपर्छ । तर यो व्यवस्था फेल भएको छैन ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend