आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आज संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै

आज संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौं । दुईवटै संघीय संसदको संयुक्त बैठक आज बस्ने भएको छ ।

आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक कक्षमा अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

प्रतिनिधिसभाको बैठक भने आजै बिहान ११ बजे बस्ने छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend