logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोलीद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोलीद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

    1.4K
    Shares
    सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोलीद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।

    मुख्यमन्त्री शाह नेतृत्वको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पचण्डसँग भेटवार्ता गरेको हो ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    उक्त भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग अनुरोध गरे ।

    यस्तै, गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउनलगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend