logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

    कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

    1.9K
    Shares
    कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

    कञ्चनपुर । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् ।

    ‘बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, ‘गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।’

    गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । ‘मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ’, प्रवक्ता डाँगीले भने, ‘कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend