logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • महानिरीक्षक कुँवरलाई विवादमा तान्न खोज्नु गलतः नेपाल प्रहरी

    महानिरीक्षक कुँवरलाई विवादमा तान्न खोज्नु गलतः नेपाल प्रहरी

    1.7K
    Shares
    महानिरीक्षक कुँवरलाई विवादमा तान्न खोज्नु गलतः नेपाल प्रहरी

    काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई विवादमा तान्न खोज्नु गलत भएको बताएको छ ।

    बुधबार प्रहरी प्रधान कार्यालय एक विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु र विवादका तान्न खोज्नु निन्दनीय भएको बताएको हो ।

    ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’ प्रहरी प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखकै भूमिका शंकास्पद रहेको अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।

    उक्त समाचारप्रति प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरुप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’

    नेपाल प्रहरी संविधान, कानुन र संगठनको मूल्य मान्यतामा अडिग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले दोषी नछुटुन् र निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिवद्ध रहेको पनि बताएको छ ।

    ‘अपराधी जोसुकै होस्, उसलाई बचाउन होइन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुबैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार तथ्य प्रमाणविना महानिरीक्षकलाई विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ ।’  विज्ञप्तिमा उल्लेख गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend